विपिन देवः भारतका दिवंगत पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको राजनेतासँगै देशभक्तिले भरिएको कविता लेख्ने कवि पनि पहिचान हो । उनी दिवंगत भएपनि उनको कविता अजर अमर छन् । देश र माटोको महत्व उनले कवितामार्फत् व्यक्त गरेका छन् । जोसिला कवि बाजपेयीले पदमा रहेपनि सदा सामान्य जीवन बिताएका थिए । उनी सुशासनलाई जहिले प्राथमिकतामा राखेर काम गर्थे ।
२५ डिसेम्वरका दिन अटल विहारी वाजपेयीको जन्म दिवसको अवसरमा भारतमा सुशासन दिवस मनाउने गरिन्छ । प्रस्तुत आलेख अटलजीको कविता र कूटनीतिमा केन्द्रित रहेको छ । साहित्य संसार र कुटनीति यी दुई फरकपक्षहरू हुन् । वाजपेयी यी दुई पक्षहरूलाई संयोजन गरेर भारतको विशाल राजनीतिक प्राङगणमा आफ्नो परिचय दिने मूर्धन्य नेता हुन् । जीवनका अनेक आरोह र अवरोहमा कविता र कुटनीतिलाई स‘गस‘गै लग्दा उनको अनुभव आफैमा चहकिलो र गहकिलो देखिन्छ । राजनीतिले उहॉको काव्यरसलाई अवरोध गरेको कुरा स्वीकारेका छन् । उनका भाषण र विचारमा साहित्यकार वोलि रहेको हुन्छ् र राजनेता पनि मौन रहेको हुँदैन । राजनेताले आफ्नो विचार लेखक समक्ष राख्दछ र लेखकले राजनतेताको विचारलाई शब्द र शैलीको आवरण दिएर जन(जनको मन(मनमा पस्ने गरी प्रस्तुत गर्दछ । अटलजीको व्यक्तित्वका अनेकांै आयाममध्ये प्रस्तुत आलेखमा कविता र कुटनीतिको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
अटलजीका कविताले जीवनका हरेक पक्षलाई समाहित गरेको पाइन्छ । अटलका कवितामा आवेग छन्, संवेग छन्, परिर्वतनका लागि निमन्त्रणा छन् । अंग्रेजी कवि पि.वि शेली जस्तै भविष्यको रेखा कार्य र वर्तमानलाई चुनौति दिन कवि काव्यलाई लिएर अगाडि बढेको पाइन्छ । “वर्तमानके कोह जालमे आने वाले कलको न भुलाए, आवो फिर से दिया जलाए,”, यो पंक्तिले हामीलाई भविष्यप्रति सचेत गराउ‘छ । इतिहासको निर्ममतालाई बुझाउ‘न चेष्टा गर्दछ । त्यस्तै उहॉको चर्चित र कालजयी कविताका हरफलाई पढौंः
“टुट सक्ते है, मगर झुक हम नही सकेत,
सत्य का संघर्ष सत्ता से
न्याय लडता निरंकुशता से
अ‘घेरे ने दी चुनौती है
किरण अन्तिम अस्त होती है”
यी पंक्तिवाट कविले क्रान्तिको शङ्खनाद गर्दछ र परिवर्तनको आव्हान गर्दछ अनि सत्यम, शिवम् र सुन्दरमको यथार्थलाई स्वीकार गर्दछ । आज नेपालका राजननीति कर्मीहरूलाई पनि अ‘ध्यारोले चुनौति दिएको छ । वाजपेयीको कवितालाई मनन् गरेर राजनीतिलाई दूषित हुनबाट हामी जोगाउन सक्दछांै । अटलजीको कवितामा मिथकको प्रयोग बडो स्वादिलो र रसिलो छ । मिथकको प्रयोग गरेर कटाक्षलाई तिखो र पिरो बनाउ‘न अटलजी शब्दशिल्पी छन् । उनको कविताको ऐनावाट नेपालको राजनीति बडो सरल ढङ्गले हामी बुझ्न सक्दछौं तर अटलजीको कविताको चस्मा लगाउ‘दा हामी निष्पक्ष हुनु पर्दछ । प्रस्तुत कविताको माध्यमबाट नेपालका कॉङ्ग्रेस, वामपन्थी, मधेसवादी लगायत सम्पूर्ण राजनीतिक दलहरूका विच समरुपता र एकरुपता बुझ्न सक्दछौं ।
उदाहरणार्थः
“कौरव कौन
कौन पाण्डव
टेढा सवाल है
दोनो ओर शकुनि का
फैला जाल कूट जाल है”
वास्तवमा अहिलेको राजनीतिक रङमंचमा षड्यन्त्र, लोलुपता, सत्ता र भत्ताको आसक्ति र देशदोहन सबै राजनैतिक पार्टीहरूवाट भइरहैकै छ, मात्रा कम वा वढी हुन सक्छ ।
अटलजीको विश्व शान्तिप्रतिको निष्ठा र संवेदना पनि उहॉको कवितामा छर्लङ्ग देखिन्छ । उनको कविताः
“कभी न खेतो मे फिर खुनी खाद फलेगी
खलिहानो मे नही मौत की फसल खिलेगी
आसमान फिर कभी न अंगारे उगलेगा
एटम से नागासाकी फिर न जलेगी”
यी पंक्तिले कविको विश्व वन्धुत्व र शान्ति प्रतिको संवेदनालाई झल्काउ‘छ । अव अटलजीको कूटनीति प्रति” संक्षेपमा चर्चा गर्ने प्रयास गरिने छ ।
वाजपेयी पचासको दशकमा भारतीय सदनमा पुग्नु भएको थियो, त्यस वेला भारतीय संसद मनिषी र ऋषीहरूको शास्त्रार्थ गर्ने थलो थियो । नेहरुको मन्त्रीमण्डलमा मौलाना अबुलकलाम, गोविन्द बल्लभ पन्त र कृषण मेनन् जस्ता व्यक्तित्वहरू हुनु हुन्थ्यो भन्ने विपक्षी दलमा आचार्य कृपलानी, श्रीपाद अमृत डागे र प्रोफेसर हीरेन मुखर्जी जस्ता असाधारण विद्वान्हरू थिए । त्यति खेर वाजपेयीको जनसंघको कुल संख्या ४ मात्र थियो । उनी अपेक्षाकृत अरु भन्दा अनुभवहीन र कनिष्ट थिए । तर आफ्नो उच्च बौद्धिकता र कूटनीतिको ज्ञान प्रयोग गरेर सदनमा भनें ”बोल्ने के दोंनो के लिए वाणी होनी चाहिए, लेकिन चुप रहने के लिए वाणी और विवेक चाहिए” । उनको धीर र गम्भीर वाणीको गहनता र गम्भीरतालाई हेरेर स्वंय पंडित नेहरुले संसदमा सफाइ दिनुपर्यो जो कि वाजपेयीको राजनीतिक जीवनमा माङ्गलिक टीका थियो । नेहरुले प्रष्ट गरे कि परराष्ट्रनीतिमा साउण्ड र साइलेन्स दुई वटैको अपरिहार्यता छ ।
विधिको बिडम्वना अटलजीको जीवनमा सबैभन्दा वढी रुचिकर परराष्ट्र मन्त्रालय नै रह्यो देसाई सरकारमा उनको विदेश मंन्त्रीको रुपमा भूमिका उल्लेखनीय छ । उनले खेलेको भूमिका र उहॉको दृष्टिकोण “डाइमेन्सन ऑफ फोरेन पोलटीक्स अफ‘ इण्डियामा छर्लङ्ग छ । वाजपेयीको प्रधानमन्त्रीत्व कालमा भारत र पाकिस्तान सम्वन्धको वारेमा चर्चा गरौं ।
वाजपेयीको प्रधानमन्त्रीत्वकालमा पाकिस्तानसँग उनले गान्धीवादी परराष्ट्रनीति प्रयोग गरे । पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ र प्रधानमंन्त्री वाजपेयीको वार्ता २३ सेप्टेम्बर १९९८ मा न्युयोकमा भयो, जुन वार्ताको माध्यमवाट पाकिस्तान र भारत विच वस यात्रा शुरु गर्ने निर्णय लिइयो । प्रस्ताव भारतीय अधिकारी विवेक कटाजुको थियो । वस यात्रामा स्वंय बाजेपयीजी यात्री भएर ऐतिहासिक अभिव्यक्ति दिदै भन्नु भयो कि वस इस्पात र फलामवाट बनेको होइन यो मानवीय संवेदना र आकांक्षाको सम्वाहक हो । लाहोर बस यात्राले भारत पाक सम्वन्धमा एउटा नयॉ उ‘चाइ दियो । सम्वन्ध तरंङ्गित भयो जो कि कटरपन्थी र अलगाउ‘वादी तत्वलाई मञ्जुर भएन । ठिक लाहोर बस यात्रा लगतै मई १९९९ तिर भारतको प्रष्ट सूचनाको आधारमा कारगिलमा पाकिस्तानवाट भएको घुसपैठ वा आक्रमणलाई सार्वजनिक रुपमा स्वीकार ग¥यो । कारगिलको युद्ध भारतको धैर्यताको ठुलो परीक्षा थियो । भारतले संयमता साथ युद्ध ग¥र्यो । ९ जुलाईमा पाकिस्तानले हार स्वीकार ग¥र्यो । भारतीय युद्ध कला र संवेदनशिलतालाई अमेरिका परराष्ट्र अधिकारी स्ट्रोव टायलबोटले ४ जनवरी २००० मा मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ ।
अटल विहारी बाजपेयीको समयमा डिसेम्वर ३१, १८८८ इण्डियन एयर लाइन्स अपहरण भयो । यस यात्रामा विभिन्न देशहरूका यात्री संङ्ख्या कुल १६१ थियो । भारतलाई उत्तेजित पार्न कट्टरपन्थी तत्वहरू उकास्नमा पछाडि परेनन् । बाजेपयीजी मानव हितलाई मध्य नजर राख्दै सम्पूर्ण यात्रीहरू वन्दीमुक्त गराउन सफल भए जसका लागि उनलाई ठुलो मूल्य चुकाउनुपर्यो ।
भारत र पाकिस्तानको सम्बन्ध संकटपूर्ण अवस्थामा थियो । बाजपेयीजीले सन् २००१ जुलाई तिर पाकिस्तानी राष्ट्रपति मुसर्रफलाई आग्रमा शिखर वार्ताका लागि निमन्त्रणा दिए । सारा संसारले यो वार्ताले तार्किक निष्कर्ष दिन्छ कि भनी ठम्याइ रहेको थियो तर काश्मीरको मुद्यामा मुसर्रफले आफ्नो अडानलाई कायम नै राखे । फलस्वरुप भारत र पाकिस्तानको सम्वन्धमा कुनै परिर्वतन आएन ।
आगरा वार्ता पछि अर्को दर्दनाक ऐतिहासिक दुर्घटना भयोे, त्यो थियो “पार्लिमेन्ट एटाक” । १३ डिसेम्बर २००१ को दिन भारतीय नेतृत्व पंक्तिलाई नै पूर्ण रुपमा निर्मूल पार्ने उद्देश्यले भारतको संसद भवनमा आंतकवादी हमला भयो । सुरक्षाकर्मीले वढो बहादुरीको साथ आंतकवादीलाई समाप्त पार्न सफल भए ।
इतिहासमा पहिलो चोटि अमेरिकाले आफ्नो अडांन परिर्वतन ग¥र्यो । पाकिस्तानको रबैयाप्रति राष्ट्रपति किलन्टनले अभिव्यक्ति दिदै भने कि अबको संसारमा देशको सिमाना रगतवाट कोर्न सकिदैन । यो वाजपेयी परराष्ट्र नीतिको विजय थियो ।
कविताको भावुकता र कुटनीतिको कौशल अटलजीका व्यक्तित्वका दुई वटा महत्वपूर्ण पाटाहरू हुन् । अटलजीको गान्धीवादी परराष्ट्रनीतिले भारत र अमेरिकाको सम्वन्धमा पनि नयॉ आयाम दियो । भारत अवस्थित तत्कालीन राजदूत क्लेस्टेले बाजपेयी परराष्ट्रनीतिलाई उदाहरणीय भनेर व्याख्या गरेको पाइन्छ ।
संक्षेपमा भन्ने हो भन्ने अहिलेको मोदी सरकारले बाजेपयीको नीतिको पदचापमा हिड्नु पर्दछ । ठुला देशको मन पनि ठुलो हुनु पर्दछ, उक्साहट र उत्तेजनाको छायॉवाट टाढा हुनु पर्दछ ।
अटलीको शब्दमा
“मेरे प्रभु !
मुझे इतनी उचॉइ कभी मत देना
गैरेको गला न लगा सकु‘”