Logo

यार्सागुम्बा सहित छिटुप पक्राउ



बझाङ, १३ पुस । वन पैदावार जडीबुटी यार्सागुम्बा सहित एकजना पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका–९ देवलस्थित बझाङ नागरिक उडड्यन कार्यालयको यात्रु जाँच कोठामा विना इजाजत ल्याएको वन पैदावार १ किलो ७०५ ग्राम यार्सागुम्बा सहित हुम्ला नाम्खा गाउँपालिका–२ बस्ने ४३ वर्षीय छिटुप तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बझाङबाट नेपालगंजको लागि उडान हुने समिट एयरको हवाई जहाजमा सवार हुन लागेका तामाङलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बा फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बझाङमा पठाइएकोमा यार्सागुम्बाको ओसारपसार गरेको कसूरको सिलसिलामा हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकोले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्