Logo

चिनियाँ टोलीसँग प्रचण्डले भनेः एकता बचाउन संसद पुनःस्थापनाको विकल्प छैन



काठमाडौं, १३ पौष । नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड पक्षीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता बचाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । उनले आफूलाई भेट्न आएका चिनियाँ उच्च राजनीतिक टोलीलाई नेकपाको एकता जोगाउन संसद पुनःस्थापना हुँदै जानुको विकल्प नभएको बताएका हुन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले चिनियाँ पक्षले नेकपा एकता जोगाउन के गर्न सकिन्छ ? भन्ने प्रश्नमा संसद पुनःस्थापना नै प्रस्थानबिन्दु भएको जवाफ दिएका थिए । नेकपाभित्र विवाद हुँदा पार्टीमा छलफलका क्रममा रहेको र हल गर्न सकिने हुँदाहुँदै प्रधानमन्त्री ओलीले संसद बिघटनको निर्मम कदम चालेको प्रचण्डले बताएका थिए ।

प्रचण्डले संसद बिघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको विषय पनि राखेका थिए । उनले विगतमा पनि संसद पुनःस्थापना भएको उदाहरणहरु प्रस्तुत गरेको बुझिएको छ । नेपालमा राजनीतिक स्थिरता चाहेको चिनियाँ पक्षको भनाईलाई जोड्दै प्रचण्डले जननिर्वाचित संस्था नै बिघटन गर्ने क्रियाकलाप खतरनाक भएको बताएका थिए । संसद ब्युँताउनको विकल्प नभएको प्रचण्डको भनाई थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येझाऊ नेतृतवको चिनियाँ टोली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटेर सहमतिको सम्भावित सूत्रबारे कुराकानी गर्न प्रचण्ड कहाँ पुगेको थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्