Logo

सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, १३ पुस । सेन्ट्रल फाइनान्स लिमिटेडको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैठकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

०७६÷०७७ नाफाबाट हाल कायम भएको चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार रुपैयाँको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको जनाएको छ । उक्त लाभांश प्रस्ताव राष्ट्र बैंकको स्वीकृती पश्चात साधारणसभाले पारित गरेपछि कम्पनीले वितरण गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्