Logo

कोभिडले बढायो मोबाइलको माग



काठमाडौं, पुस १४। कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परे पनि मोबाइलको बजार भने उकासिएको छ । कोभिडका कारण प्रभावित अन्य कतिपय व्यवसाय अझै सामान्य अवस्थामा फर्किसकेका छैनन् । तर महामारीकै बीच मोबाइलको माग तथा व्यापार बढ्दै गएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष ९आव०को पहिलो ५ महीनामा साढे १७ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । सो अवधिमा रू। १७ अर्ब ६४ करोडको मोबाइल फोन आयात भएको विभागको तथ्यांक छ, जुन गत आवको यही अवधिको तुलनामा साढे ७ अर्बले बढी हो । गत आवको मङ्सिर मसान्तसम्ममा १० अर्ब ६७ करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको थियो ।

सरकारले कोरोना नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि देशभर बन्दाबन्दी लगाएपछि मोबाइल बजार पनि प्रभावित भएको थियो । असारदेखि बन्दाबन्दी खुकुलो भएपछि भने मोबाइल ग्याजेटको माग एक्कासि बढ्न थाल्यो । यद्यपि असारमा बन्दाबन्दी पूर्ण खुकुलो भइनसकेको र भदौ शुरूदेखि तेस्रो सातासम्म निषेधाज्ञा लागू भएकाले मागअनुसार मोबाइल आयात गर्न नसकिएको व्यवसायी बताउँछन् । त्यसयता मागअनुसार मोबाइल फोन आयात भइरहेको नेपाल मोबाइल फोन आपूर्ति संघका अध्यक्ष दीपक मल्होत्राले बताए ।

मल्होत्राका अनुसार कोभिड–१९ पछि बन्दाबन्दीका कारण घरमै बन्द हुनुपर्दा साधारण फिचर फोन चलाउनेले पनि समय कटाउन स्मार्ट फोन खरीद गर्न थाले । यस्तै भर्चुअल छलफलका लागि पनि स्मार्टफोनको माग बढेको हो । अवैध आयात बन्द भएकाले पनि बजारमा मोबाइल फोनको माग बढेको उनको भनाइ छ ।

२ वर्षअघि सरकारले मोबाइल सेट आयातमा भ्याट फिर्ताको सुविधा खारेज गरेपछि यो व्यवसाय प्रभावित भएको थियो, जसकारण आर्थिक वर्ष २०७४र७५ को तुलनामा २०७५र७६ मा मोबाइल फोनको आयात घटेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्