Logo

निर्वाचनबाटै नयाँ निकास’



काठमाडौं, पुस १४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक अन्योलको बन्दी हुनुभन्दा ताजा जनादेशका लागि निर्वाचनमा जानु लोकतन्त्रको अभ्यास भएको बताए ।

उनले पद र प्रतिष्ठाको खिचातानीले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश प्राप्त सरकार तीन वर्षमै अप्ठेरोमा परेको चर्चा गरे, “यो नेपाली राजनीतिक सङ्कटको ‘सर्भिसिङ’ पनि हो । यसले मुलुकको राजनीतिमा नयाँ निकास दिन्छ ।”प्रेस काउन्सिल नेपालद्वारा सोमबार आयोजित नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास, शैली पुस्तिका र आचारसंहिता (मैथिली र नेपाल भाषा) सार्वजनिक कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले यस्तो धारणा व्यक्त गरे।

उनले प्रेस स्वतन्त्रताको उपयोग र उपभोग गरिरहँदा विकृति, विसङ्गतिलाई प्रोत्साहित र नकारात्मक प्रभाव त पारिएको छैन ? भन्ने विषयमा सञ्चार माध्यमले गम्भीर भएर ध्यान दिनुपर्नेसमेत बताउनुभयो । उहाँले वर्तमान राजनीतिक सङ्कट र यस विषयमा सार्वजनिक दुईपक्षीय धारणामा पत्रकार महासङ्घ र सञ्चारकर्मीको निष्पक्ष भूमिका महत्वपूर्ण
हुने बताए ।
उनले भने, “समाजलाई द्वन्द्वमा लैजाने, राजनीतिक नेतृत्वलाई उत्तेजित बनाउने काम नगराँैं । यस्तो बेला सञ्चार माध्यमको सही दिशानिर्देशन आवश्यक हुन्छ ।”
उनले पत्रकार आचारसंहिताले यस्ता विषयमा सञ्चार माध्यम र सञ्चारकर्मीलाई स्वयं नियमन गर्न सघाउ पु¥याउने चर्चा गर्नुहुँदै प्रेस स्वतन्त्रताको सही उपभोगका लागि पनि आचारसंहिता निकै महत्वपूर्ण हुनेमा जोड दिए । मन्त्री गुरुङले पत्रकार आचारसंहिता पत्रकारका लागि मात्र नभएर सूचना र समाचारका उपभोक्ताले समेत जानकारीमा लिनुपर्ने विषय भएको चर्चा गरे ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्