Logo

नेकपा प्रचण्ड समूहको जुलुस शुरु



काठमाडौं, १४ पौष । राजधानीमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहको जुलुस शुरु भएको छ । राजधानीका विभिन्न क्षेत्रलाई केन्द्र बनाएर जम्मा भएका नेकपाको प्रचण्ड समूहको जुलुस शुरु भएको हो ।

अहिले नयाँ बानेशवर, टेकु, कुपन्डोल, लैनचौर र नक्शालबाट जुलुस निस्किएको छ । त्रिचन्द्र क्यामपस नजिकैबाट विद्यार्थी, रत्नपार्कबाट मजदूर, र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस शुरु भएको छ । सबै जुलु भृकुटीमण्डलमा जम्मा भई सभामा परिणत हुने जनाइएको छ । सभालाई नेकपाका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभालाई बिघटनको अवस्थामा लाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नेकपाको प्रचण्ड समूहले आन्दोलन शुरु गरेको हो । ओलीको कदमले नेकपा विभाजन भएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्