Logo

केपी ओली तानाशाह- झलनाथ खनाल



काठमाडौं, १४ पौष । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भनेका छन् । आज नेकपाको प्रचण्ड समूहले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै ओलीले संविधानमाथि बलात्कार गरेको आरोप समेत लगाए ।

‘केपी ओली जस्तो तानाशाहका कारण आन्दोलनमा आउन वाध्य भयौं,’ पूर्व प्रधानमन्त्री खनालले भने,‘उनले संविधानमाथि जर्बजस्त बलात्कार गरेका छन् ।’ ओलीले संविधानमाथि प्रहार गरेकाले आन्दोलनमार्फत् ठिक ठाउँमा ल्याउने बताए । ओलीले सनक र लहडका आधारमा संसदको बिघटन गरेको आरोप लगाए ।

ओलीले देशमा तीन वर्षमा कुनै कार्य नगरेको तर्क गर्दै भने,‘मरिचमान सिंह र नगेन्द्रप्रसाद रिजालले जति पनि काम गरेनन् ।’ उखान र टुक्काले देश नचल्ने बताउँदै ओलीले गफमै आफूलाई सिमित पारेको आरोप लगाए ।

संविधान ठिक ठाउँमा नआएसम्म आन्दोलन नरोकिने बताए । उनले भने,‘आन्दोलनका आँधीबेहरी ल्याएर संविधानलाई ठिक ठाउँमा ल्याउँछौं ।’



प्रतिक्रिया दिनुहोस्