Logo

‘’ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन’’ भनी दुष्प्रचार- भीम रावल



काठमाडौं, १४ पौष । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ”ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन” भनी आफूले नबोलेको स्पष्ट पारेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् त्यसलाई दुष्प्रचार भन्दै भत्र्सना गरेका छन् ।

रावलले भने,‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन भनी मैंले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भत्र्सना गर्दछु ।’ उनले यसलाई निकृष्ट भनी उल्लेख गरेका छन् ।

भीम रावलले समाजिक सञ्जालमा लेखेका छन्ः “ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन” भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु।त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो।मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु।म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु ।”



प्रतिक्रिया दिनुहोस्