Logo

२२ जना जुवाडे पक्राउ



दार्चुला, १४ पुस । तास खेलिरहेको अवस्थामा २२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ खलंगा बिद्यानगर टोलस्थित गोबिन्द बहादुर धानुकको घरमा तास खेलिरहेको अवस्थामा गोबिन्दा समेत २२ पक्राउ परेका छन् ।

उनको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३६ हजार ७ सय ६७ रुपैयाँ र ५ गड्डी तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्