Logo

लागुऔषध सहित सासु बुहारी पक्राउ



सुर्खेत, १४ पुस । अवैध लागूऔषध सहित २ महिला पक्राउ परेका छन् । बीरेन्द्रनगर नगरपालिका–८ बाट करिब १४ ग्राम ९ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद २१ हजार ५ सय रुपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही स्थानका शान्ति सिंह र उनकै सासू ५० वर्षीया कौशिला सिंह रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुको घरबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्