Logo

राष्ट्र बैंकको नीति स्थिर नभएको टिप्पणी मा लगाएको प्रतिबन्ध हटायो



काठमाडौं,पुस १५ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकले नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा स्थिरता हुन नसकेको टिप्पणी गरेका छन् । नेपाल बैंकर्स संघको मंगलवार भएको भर्चुअल वार्षिक साधारणसभामा बैंक तथा वित्तीय संस्था परिसंघले मौद्रिक नीतिमा भएको व्यवस्थालाई पटक पटक परिवर्तन गरिरहनु उचित नभएको बताएको हो ।

कार्यक्रममा परिसंघका अध्यक्ष पवन गोल्यानले केही बैंकले धेरै सेवा शुल्क लिएको आधारमा यसको सीमा शून्य दशमलव ७५ तोकिनु उपयुक्त नभएको तर्क गर्दै उनले सूक्ष्म व्यवस्थापन ९माइक्रो म्यानेजमेन्ट० गर्दा बैंकहरूलाई गाह्रो भएकाले यसो नगर्न केन्द्रीय बैंकको ध्यानाकर्षण गराए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीति कोभिडबाट प्रभावित व्यवसायीको हकहितमा केन्द्रित भएकाले अन्य नीतिगत व्यवस्थामा कुनै पनि परिवर्तन नभएको बताए । ‘केन्द्रीय बैंकले ल्याएका नीति थलिएको अर्थतन्त्र चलायमान बनाउन हो । साथै राज्यले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउने गरी हामीले नीति लिएका हौं,’ उनले भने । पछिल्लो समय बजारमा देखिएका विकृति हटाउन केन्द्रीय बैंकले चालेको कदमलाई नीति नै परिवर्तन गरेको संज्ञा नदिन उनले आग्रह समेत गरे ।

चालू आवको शुरुआतमा कर्जाको माग कम भए पनि अहिले कर्जा प्रवाह र निक्षेप संकलन स्थितिमा सुधार आएको गभर्नर अधिकारीले बताए । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाबाट करीब ३४ खर्बभन्दा माथि कर्जाको व्यवस्थापन र ४१ खर्बभन्दा माथि निक्षेपको व्यवस्थापन भएकाले क्रमशः सुधार भएको भन्दै उनले राज्यले चाहेको उत्पादनमूलक क्षेत्रलाई ध्यानमा राखेर अधि बढ्न समेत बैंकरहरूको ध्यानाकर्षण गरे । बजारमा अधिक तरलता हुँदा पनि बैंकहरूले सरकारी कार्यक्रमलाई खासै ध्यान नदिएको टिप्पणी समेत उनले गरे ।

कार्यक्रममा गभर्नर अधिकारीले अब बैंकिङ प्रणाली डिजिटलाइजेशनमा जानुपर्नेमा जोड दिए । पछिल्लो समय तरकारी पसलहरूमा समेत क्यूआर कोडमार्फत भुक्तानीको शुरुआत भइसकेकाले अबको प्राथमिकता डिजिटल भुक्तानीमा हुनुपर्ने उनले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भए तापनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्र हाल सञ्चालनमा आएकाले आशाको सञ्चार भएको बताए । व्यवसाय पुनरुत्थानका लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था आदिका कारण अर्थतन्त्र चाँडै पुनरुत्थान हुन सक्ने उनको अपेक्षा छ । यस्तै, पुस मसान्तमा बैंकहरूको पुनःसंरचना तथा पुनर्तालिकीकरण गरेको कर्जा लगायत निष्किय कर्जाको यथार्थ तथ्यांक आउने उनले बताए ।आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्