Logo

पाञ्चालको यःमरीका स्वाद बेलायतसम्म



ललितपुर,पुस १५ । कोरोना महामारीका कारण यस वर्षको यःमरी पूर्णिमा घरमै मनाइने भएको छ । ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार ४० टोलका ज्यापू समुदायले यःमरी तयार गर्ने तर सभा ¥याली आयोजना नगर्ने भएका छन् ।

परम्पराअनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ । सोही दिन पर्ने ज्यापू दिवस पनि भीडभाड र औपचारिक कार्यक्रम नगरी मनाइने समाजले जनाएको छ । ज्यापू समाज काठमाडौँ नगर कमिटी कोषका संयोजक शान्तराज महर्जनका अनुसार टोलका वाद्य गुरु, संयोजक र समाजका स्थानीय अध्यक्षबीच मात्र भेटघाट हुन्छ ।
भक्तपुरमा धनेश्वरमा यःमरी चढाएर यो पर्व मनाइने भएको छ ।

महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार यो दिन गरिबलाई यःमरी दान दिँदा जति दिएको हो अर्को वर्ष दोब्बर प्राप्त हुन्छ भन्ने कथनअनुसार यःमरी वितरण हुन्छ ।आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्