काठमाडौं, १५ पुस । आज नेपाल बैंक लगायत ८ कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । बुधबार लाभांश सुरक्षित गर्नुपर्नेमा नेपाल बैंक, सेञ्चुरी कर्मशियल बैंक, बरुण हाइड्रोपावर, साना किसान लघुवित्त, एनएमबि बैंक, साधना लघुवित्त, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेको जनाएको छ ।
यी कम्पनीहरुले साधारण सभाको लागि पुस १६ गते बुक बन्द गर्नुपर्ने भएकोले पुस १५ गते सम्मका सेयरधनीहरुलाई मात्र लाभांश दिने भएका छन् । यस वर्ष नेपाल बैंकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत लाभांश, सेञ्चुरी बैंकले ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत लाभांश, एनएमबि बैंकले १३ प्रतिशत बोनस र ३.२० प्रतिशत लाभांश र कामना सेवा विकास बैंकले ४.४० प्रतिशत बोनस र ०.२३ प्रतिशत लाभांश रहेको जनाएको छ ।
त्यसरी नै रेसुङ्गा विकास बैंकले १३ प्रतिशत बोनस र सेयर, साधना लघुवित्तले १८ प्रतिशत बोनस सेयर र ०.९४ प्रतिशत लाभांश, साना किसानले २५ प्रतिशत बोनस सेयर र १.३१५ प्रतिशत लाभांश र बरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडी बढाएका छन् ।