काठमाडौं, १५ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले आज आईपीओ बाँडफाँट गर्ने भएको छ । कम्पनीले स्थानिय बासिन्दाको लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँड गर्ने जनाएको छ ।
कम्पनीले मंसिर २७ देखि पुस १ सम्म ३ लाख ६ हजार ८९९ कित्ता आईपीओ थानकोट गाविसका केही वडा, महादेवस्थान गाविसका केही वडा, एवं मकवानपुरका चित्लाङ र इन्द्रसरोवर गाउँपालिकाको केही वडाका स्थायी बसोबास गर्ने नागरिकहरुलाई निष्कासन गरेको थियो ।
४ हजार ८१४ जनाले आवेदन दिएको यस आईपीओमा १६ करोड ८५ लाख ५३० हजार रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ । यो आवेदन मागभन्दा ५.४९ गुणा बढी हो ।