Logo

कंगनाको ट्विटमा उर्मिला मातोंडकरले यस्तो भनेपछि हंगामा



एजेन्सी, १५ पुस । बलिउड कलाकार कंगना रनौत आफ्नो ट्विटको कारण चर्चामा रहन्छिन् । हाल उनी मनालीबाट फिर्ता भएकी छिन् । उनको एयरर्पोटबाट निक्लदै गरेको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । मुम्बई पुगेपछि कंगना सिद्धिविनायक मन्दिरमा गएकी थिइन् । यसक्रममा उनी मराठी लुकमा थिइन् । आफ्नो तस्वीर सेयर गर्दै कंगनाले मुम्बई आएर सुरक्षित महसुस भएको बताएकी थिइन् ।

कंगनाले ट्विटमा लेखेकी थिइन्, ‘आफ्नो प्यारो शहर मुम्बईमा बस्दा जति विरोध आएपनि सामना गर्न सक्छु । जहाँ सुरक्षित महसुस गर्न सक्छु ।’ उनले यस्तो ट्विट गरेपछि कलाकारबाट राजनेता बनेकी उर्मिला मातोंडकरले निशाना साधेकी छिन् । उर्मिलाले लेखेकी छिन्, ‘आफ्नो प्यारो शहर मुम्बई बस्दा मात्र किन ? बहिनी के टाउकोबाट बल झरेको थियो र ?’ उनको यो ट्विट भाइरल भएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले विभिन्न प्रकारका प्रतिक्रिया दिएका छन् ।

यो भन्दा पहिला पनि कंगना र उर्मिलाको बीचमा सामान्य विवाद ट्विटमा भएको थियो । कंगनाले मुम्बईको तुलना पीओकेसँग गर्दा पनि उर्मिलाले विरोध जनाएकी थिइन् । लागुऔषधको विषयमा पनि उर्मिलाले सबैभन्दा पहिला कंगनाको होम टाउन हिमाचल प्रदेशबाट सुरुवात गर्न पर्ने बताएकी थिइन् । हिमाचल प्रदेश लागुऔषधको लागि वास्वविक उदगम स्थल हो ।



प्रतिक्रिया दिनुहोस्