Logo

यस्ता उपायले माता लक्ष्मी खुशी भई घरको भण्डार भरिने



धनको कमीले मानिसको जीवन मुस्किल पर्न सक्छ । जिविका चलाउन गाह्रो हुन्छ मानसिक रुपमा समस्या झेल्नु पर्छ । । यसकारण पनि मानिसहरु रातदिन लगाएर मेहेनत गर्छन् । रातदिन काम गर्दा घरको आर्थिक स्तरमा उन्नती हुन्छ तैपनि सोचेको जस्तो भने हुँदैन् । शास्त्रमा सुख समृद्धि र शान्तीको लागि केही उपाय बताइएको छ । माता लक्ष्मीको कृपा गरेर धन प्राप्त गर्न सकिन्छ । केही यस्ता उपाय छन् जसले जीवनमा कायापलट गर्न सक्छ ।

शुक्रबार विशेष पुजाः कुनै पनि व्यक्तिको कुण्डलीमा शुक्र ग्रह महत्वपुर्ण स्थानमा भएमा जीवन खुशी र सुखी हुन सक्दैन । शुक्रबारको दिनमा माता लक्ष्मीलाइ विशेष पुजा गर्नाले मनकामना पुरा हुन्छ ।

पुरानो ऋणबाट मुक्तिः शुक्रबार पहेलो कपडामा पाँच पहेला कौडा तथा थोरै केसर, एक चादीको सिक्कालाई एकसाथ बाधेर आफ्नो दराजमा राखेमा घरमा धन आउन सुरु हुन्छ र पुरानो ऋणबाट पनि मुक्ति पाइन्छ ।

दराजमा कमलको फुलः शुक्रबारको दिन पसल वा घरको दराजमा कमलको फुल राख्नुपर्छ । एक महिनामा फुल बदलिराख्नुपर्छ । यसरी दराजमा फुल कहिले पनि खाली राख्न हुँदैन । यसो गर्दा यदि धन सम्पत्तिको समस्या भएमा हट्दै जान्छ ।

शुक्रबारको दिन व्रतः शुक्रबारको दिन रातो रंगको कपडा धारण गरेर सिन्दुर वा रातो चन्दनबाट बनेको टिका लगाउनु पर्छ । यसले सौभाग्य बढाउछ । माता लक्ष्मीको विशेष कृपाको लागि शुक्रबारको दिन विवाहीत स्त्रीलाई सुहाग सामाग्री दान गर्न सकिन्छ । यदि शुक्रबार व्रत बसेमा विवाहित स्त्रिलाई साझमा भोजन गराउनु पर्छ ।

गरीब मानिसलाई सहयोगः शुक्रबार कुनै गरीब तथा आवश्यक भएका व्यक्तिलाई आटा, चामल, सेतो रङको कपडा दान गर्न पर्छ । यसो गर्दा मा लक्ष्मीको कृपा आफुमाथि पर्छ । सेतो वस्तुमा शुक्रबारको प्रभाव हुन्छ यसकारण यो दिन दान दिनु शुभ मानिन्छ । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्