पुष १५, काठमाण्डौ । नेकपा (ओली समुह) नेता तथा पूर्व मन्त्री महेश बस्नेत र पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने चन्द नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत हुन् । उनले ८ मिहिना पहिले बस्नेत र खनालले सांसद अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए ।
त्यहिँ स्ट्याटस लेखेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १८ का चन्दलाई पुस १४ गते राति प्रहरीले पक्राउ गरेको हो। गोर्खाज फाइनास्समा डिउटी बसेका चन्दलाई कार्यस्थलबाटै पक्राउ गरिएको हो ।
पक्राउ गरेको विरोधमा नेपाली काँग्रेस बाँकेले बुधवार एक बिज्ञप्ति प्रकाशित गरि घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ। काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले चन्दको अवस्था तत्काल सार्वजनिक गर्न, परिवार र आफन्तसँग सम्पर्क गराउन र बिनासर्त रिहा गर्न माग गरेका छन्।
उपसभापति राणाले गिरफ्तार गरि बेपत्ता पारिएका चन्दको अवस्था सार्वजनिक नगरिए कडा कदम चाल्न बाध्य हुने चेनावनी पनि दिएका छन्।