Logo

कोलकातामा नेपाली सीएफएस: उद्घाटनको डेढ वर्षपछि सञ्चालन प्रक्रिया पूरा



काठमाडौं, पुस १६ । वीरगञ्ज । भारतको कोलकातामा निर्माण भएको कन्टेनर फ्रेट स्टेशन (सीएफए)लाई कोलकाता भन्सारले आफ्नो कार्यक्षेत्राधिकारमा समेटेको छ । उद्घाटनको करीब डेढ वर्षपछि बन्दरगाह भन्सारले श्यामाप्रसाद मुखर्जी पोर्ट (कोलकाता पोर्ट) अन्तर्गत रहने गरी क्षेत्राधिकार तोकेको हो ।

भन्सारको कार्य क्षेत्राधिकारमा नसमेटिँदा वैदेशिक व्यापारमा सीएफएस उपयोग हुन पाएको थिएन । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कोलकाता पुगेर १२ भदौ २०७६ मा उद्घाटन गरेका थिए । उद्घाटनको यति समय बितिसक्दा पनि व्यवसायीले सीएफएस प्रयोग गर्न पाएका थिएनन् ।

भन्सारले सीएफएसबारे क्षेत्राधिकारको प्रक्रिया टुंगो नलगाउँदा त्यहाँ लगिएका मालसामानको भन्सारसम्बन्धी प्रक्रिया हुन सकेको थिएन । अब यो संरचनामार्फत वैदेशिक व्यापार सहजीकरणको बाटो खुलेको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।

‘भारतीय बन्दरगाह भन्सार र पोर्ट ट्रस्टले सीएफएस सञ्चालनसम्बन्धी प्रक्रियालाई पूर्णता दिएकाले संरचना उपयोगको बाटो खुलेको छ । नेपालले वर्षौंदेखि भाडा तिरेर राखेको जग्गा अब वैदेशिक व्यापार सहजीकरणमा प्रयोग हुन लागेको छ,’ महावाणिज्यदूत पौडेलले भने ।

कोलकाता बन्दरगाह भन्सारले ४ हजार ८८६ वर्गमीटरको सीएफएसलाई क्षेत्राधिकारमा राखेपछि पोर्ट ट्रस्टले सञ्चालनको मापदण्ड तयार पारेको छ। आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्