काठमाडौं, १६ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएका १४ कम्पनीहरुले पुस १७ गते बुक क्लोज गर्ने भएका छन् । यी सबै कम्पनीहरुले वार्षिक सभा र लाभांश वितरण गर्नको लागि बूक क्लोज गर्न लागेका हुन् ।
१२ वटा कम्पनीहरुले लाभांश प्रस्ताव पारित गरेका छन् भने ३ कम्पनीले भने लाभांश प्रस्ताव गरेका छैनन् । आजसम्म नेप्सेमा कारोबार गरेका शेयरधनीहरुले १२ कम्पनीहरुले वितरण गर्न लागेको लाभांश लिन सक्नेछन् ।
बुक क्लोज गर्ने कम्पनीहरमा लक्ष्मी बैंक, हिमालयन डिष्टिलरी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी, सुर्य लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, पोखरा फाइनान्स, मेरो माइक्रोफाइनान्स लगायत रहेका छन् ।