Logo

भारतबाट ६ सय मेवा विद्युत् आयात



काठमाडौं, पुस १७ । मागअनुसारको विद्युत् आपूर्ति मिलाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक विद्युत् आयात गर्दै आएको छ । हाल भारतबाट पिक आवरमा ६ सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । तर, प्राधिकरणकै ६ ओटा प्रसारण लाइन समयमा नबन्दा १९ जलविद्युत् आयोजनाले उत्पादन कटौती गर्नुपरेको छ ।

क्षमताअनुसारको प्रसारण लाइन नहुँदा कुल १९० दशमलव ६५ मेगावाट बराबरका आयोजनाहरू पूर्ण क्षमताअनुसार सञ्चालनमा आउन नसकेको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० तथा ऊर्जा उत्पादकहरूबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

आयोजनाहरूले यस हिउँदामा ५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सक्छन् । तर, कम भोल्टेजका प्रसारण लाइनले थाम्ने गरी ती आयोजनाले क्षमताभन्दा अत्यन्त न्यून मात्रामा मात्र विद्युत् उत्पादन गर्दै आएको निजी ऊर्जा उत्पादकहरू बताउँछन् ।

उनीहरूले पहिलेदेखि नै सञ्चालनमा आएका ३३ केभीका प्रसारण लाइनमार्फत विद्युत् विक्री गर्दै आएका छन् । कम क्षमताको प्रसारण लाइन हुँदा अधिकांश आयोजनाले क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको ऊर्जा उत्पादकहरू बताउँछन् ।

अहिले भारतबाट पिकआवरमा ६०० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । तर, नेपालका यी आयोजनाले यस हिउँदमा ५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सक्छन् । यो भनेको हिउँदको समयमा टनकपुरबाट २४सै घण्टा आयात गर्ने विद्युत् बराबर हो ।

आयोजनाको विद्युत् प्रसारण लाइनमा जोड्न सकिए विद्युत् आयात घट्नुका साथै मुलुकलाई आर्थिक भार पनि कम पर्ने ऊर्जा उत्पादकहरू बताउँछन् ।

प्राधिकरणले विभिन्न विदेशी कम्पनीहरूलाई २२० केभीको कोशी कोरिडोर, १३२ केभी डबल सर्किटको सोलु कोरिडोर, १३२ केभी डबल सर्किटको सिंगटी कोरिडोरको प्रसारण लाइन बनाउन ठेक्का दिएको थियो । तर, उनीहरूले प्रसारण लाइन अझै बनाउन सकेका छैनन् ।

प्राधिकरणकै २२० केभी डबल सर्किटको मस्र्याङ्दी कोरिडोर, २२० केभीको त्रिशूली कोरिडोर र २२० केभीकै कालीगण्डकीको प्रसारण लाइन पनि अझै तयार भएको छैन ।
प्रसारण लाइनको क्षमता कमजोर भएकै कारण ती कोरिडोरमा पर्ने आयोजनाहरूको विद्युत् प्रसारण लाइनमा जोड्न नसकिएको ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेले बताए । प्रसारण लाइनमा जोडेर विद्युत् विक्री गर्न नपाउँदा निजी ऊर्जा उत्पादकहरूले ठूलो मात्रामा नोक्सानी बेहोर्नु परेको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्