Logo

शैलुङले मल खरीदको तेस्रो ठेक्का पनि अलपत्र पार्‍यो



काठमाडौं, पुस १७ । कृषि सामग्री कम्पनी लिमिटेडका लागि २५ हजार मेट्रिक टन युरिया मल खरीद तथा आयातको जिम्मा पाएको कम्पनी शैलुङ इन्टरप्राइजेजले तेस्रोपटकको ठेक्का पनि अलपत्र पारेको छ । यसअघि पनि शैलुङले मल आयातका दुईओटा ठेक्का अलपत्र पारिसकेको छ ।

गत भदौमा २५ हजार मेट्रिकटन र कात्तिकमा ३० हजार मेट्रिक टन गरी यसअघि नै शैलुङले ५५ हजार मेट्रिक टन मल खरीदको ठेक्का अलपत्र पारेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडका खरीद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेलका अनुसार तेस्रो ठेक्का सम्झौताको म्याद सकिएको बिहीवार २० दिन कटिसकेको छ । अब त्यसका लागि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

मल आयातमा बदमासी गरिरहेको शैलुङ इन्टरप्राइजेजले दोस्रोपटकको ठेक्कामा मल नल्याएबापत कारबाही गर्न बाटो खुलेको छ । शैलुङमाथि कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेशलाई बुधवार उच्च अदालत पाटनले खारेज गरेपछि कारबाहीका लागि बाटो खुलेको हो । ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्