काठमाडौं, १७ पुस । सत्तारूढ नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा विभाजित बनेको छ । तर, उपाध्यक्ष वामदेव गौतम भने दुवै पक्षको भेलामा अहिलेसम्म सहभागी भएका छैनन् । यो बीचमा उनले आफूले पार्टीलाई विभाजनबाट रोक्नको लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउँदै आएका छन् । र, सोहीअनुसार सक्रिय भूमिकासमेत खेलेका छन । आजमात्रै नेता गौतमले पुष्पकमल दाहाललाई भेटेका छन् । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा पार्टीलाई विभाजनबाट रोक्नुपर्नेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि गौतमले ओलीको उक्त कदमको विरोध गरेका थिए । तर, ओलीविरुद्ध दाहाल–नेपालले सुरु गरेको आन्दोलनमा पनि उनी सहभागी भएका छैनन् । File Photo