Logo

प्रभु लाइफको शेयर नेप्सेमा सुचिकृत, आइतबारदेखि कारोबारमा आउने



काठमाडौं, १७ पुस । प्रभु लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओ नेप्सेमा सुचिकृत भएको छ । इन्स्योरेन्सले सर्वसाधारणको लागि २ करोड कित्ता शेयर आइतबारबाट कारोबारमा ल्याउने निश्चित भएको सुचनामार्फत नेप्सेले जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज र प्रभुबीच सुचिकरण सम्झौता आज भएको हो । सम्झौता गरे अनुसार नेप्सले इन्स्योरेन्सको शेयर सुचिकरण गरेको जानकारी दिएको छ । सम्झौता अनुसार सुचिकरण भएको दोस्रोदिन आइतबारबाट कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने छ ।

इन्स्योरेन्सले पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसा सम्ममा ओपनिङ्ग रेन्ज पाएको छ । यहि रेञ्जमा आइतबार इन्स्योरेन्सको शेयर कारोबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्