Logo

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश प्रस्ताव



काठमाडौं, १७ पुस । गत आर्थिक वर्षको मुनाफाबाट एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी (एनआरएन)ले लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको जनाएको छ ।

गत आर्थिक वर्षको चुक्तापुँजीको २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८४१ कित्ता बोनस वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । साथै कम्पनीले बोनस प्रयोजनको लागि लाग्ने कर बापत १६ लाख ९९ हजार २१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । बोनस वितरण गरेपछि कम्पनीको चुक्तापुँजी १ अर्ब १६ करोड रुपैयाँ पुग्ने एनआरएनले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्