Logo

चन्द्रागिरी हिल्सको आईपीओ पुस २४ गते खुल्ने



काठमाडौं, १७ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गते सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले प्रति कित्ता एक सय रुपैयाँको दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ ।

शेयर निष्काशन र प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि र बाकी भएको १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणहरुको लागि बिक्रि गरिने जनाएको छ । लगानी गर्न इच्छुक व्यक्तिहरुले १० कित्तादेखि धेरै १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले बताएको छ । आईपीओमा पुस २४ बाट २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्