Logo

टाइगर श्राफको साथमा नयाँ वर्ष मनाउन माल्दिभ्स पुगिन् दिशा पटानी



एजेन्सी, १७ पुस । दिशा पटानी र टाइगर श्राफ बलिउडका उत्कृष्ट जोडी मध्ये एक हुन् । दुवैजनाले सँगै प्रायः उत्कृष्ट समय बिताएको देखिन्छ । ताजा समाचार अनुसार दिशा र टाइगर नयाँ वर्षको स्वागत गर्नको लागि माल्दिभ्स पुगेका छन् ।

दिशा र टाइगरले सँगै भएको फोटो भने सेयर गरेका छैनन् । तर दुवैजनाले गरेको सामाजिक सञ्जालमा अपडेटबाट उनीहरुको मनपर्ने टुरिस्ट स्पार्टमा गएको अन्दाज लगाउन सकिन्छ । टाइगरले इन्स्टाग्रामको एक स्टोरीमा भिडियो सेयर गर्दै ‘खराब कपाल…’ लेखेका छन् । भिडियोको पृष्ठ भुमिमा चराहरुको आवाज स्पष्ट रुपमा सुन्न सकिन्छ । यसको साथै उनले एक सुन्दर फोटो पनि सेयर गरेका छन्, जसमा टाइगर निकै आकर्षक देखिएका छन् । तस्वीरमा उनी शर्टलेस छन् र उनले मसल्स देखाएका छन् ।

दिशा पाटनीले पनि एक खास तस्वीर सेयर गरेकी छिन् । उनी बिकिनीमा पोज दिएकी छिन् । दिशाले क्याप्सनमा यस्तो पोज दिँदा निकै आनन्द आउछ । यो भन्दा पहिला पनि दिशा र टाइगर मालदीपमा बिदाको आनन्द लिइरहेका थिए तर दुवैजनाले फोटो भने सेयर गरेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्