Logo

नेकपा प्रचण्ड समूहको आन्दोलनको कार्यक्रम, कुन दिन के (सूचीसहित)



काठमाडौं, १८ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अनुसार २० पौष सम्म पालिका स्तरमा भेला, २५ गतेसम्म प्रदेश स्तरमा संघर्ष समिति गठन गने जनाइएको छ ।

आन्दोलनको कार्यक्रम अन्र्तगत २१ पौषमा राजधानीलगायत प्रमुख शहरहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गराउने कदमबारे विभिन्न राजनीतिक दलसँग अन्र्तक्रिया गर्ने, २३ गते नागरिक समाजसँग अन्र्तक्रिया, २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने, २६ गते सडक संविधान वाचन व्याख्या कार्यक्रम, २८ गते देशव्यापी घरदैलो पर्चा वितरण तथा टोल टोलमा कालो झण्डा गाड्ने कार्यक्रम तय भएको छ ।

२९ पौषमा निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, ५ माघमा पालिकाहरुमा विरोध प्रदर्शन, १० माघमा उपत्यकालगायत देशका प्रमुख शहरहरुमा मोटरसाइकल रयाली, १६ र १७ माघमा प्रदेशहरुमा विरोधसभा, २२ माघमा देशभर मसालजुलुस निकालिने र २३ माघमा काठमाडौंमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिने नेकपा प्रचण्ड समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्