Logo

राष्ट्र बैंकको कोषको २५ करोड लगानी गरिँदै



काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको २ सय ७७ दिने मुद्दतीमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम २०७७ फागुन १ गतेदेखि २०७८ भदौ ३१ गते सम्मको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले वाणिज्य बैंकका मुद्दती निक्षेपमा २० करोड राख्ने भएको छ । यसैगरी, विकास बैंकमा ख३ करोड ७५ लाख र वित्त कम्पनीहरूमा १ करोड २५ लाख लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई पुस २० गते दिउँसो ३ बजेभित्र पेश गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्