Logo

बाघको आक्रमणबाट आठजनाको मृत्यु



बर्दिया, पुस १९ । शुक्रबार राति साढे ८ बजे लम्किचुहा नगरपालिका–४ की ५० नन्दकला थापालाई पाटे बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत उक्त निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी थापालाई पाटे बाघले आक्रमण गरेको हो।बाघको आक्रमण पछि महिला बेपत्ता छिन् भने मोटरसाइकल चलाइरहेका उनका छोरालाई सामान्य चोट लागेको छ ।

बेपत्ता महिलाकोे नेपाली सेनाले हात्तीको सहायताबाट खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।यसअघि बर्दिया निकुञ्ज निस्केको बाघले गेरुवा गाउँपालिका राजिपुर र दंगपुरमा एक महिला र पुरुषलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यो सँगै नेपाल भारतको अन्तर्राष्ट्रिय करिडोरमा पर्ने भग्रैयामा दुई महिनाको अवधिमा बाघले ८ जनाको ज्यान लिएको निकुञ्ज प्रशासनले पुष्टि गरेको छ।दुई साताअघि बाघको आक्रमणबाट घाइत महिलाको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।करिडोरमा निस्केका बाघको आक्रमणबाट यो अवधिमा मृत्यु भएका २६ वर्षीय दिनेश थारु, २३ वर्षीया गंगा खत्री र २७ वर्षीय राजेश थारुको एउटै गाउँका हुन।ज्यान गुमाएका तीनै जनाको टाउको र पेट बाघले खाएको अवस्थामा शव फेला परेको थियो।

यस्तै अन्य पाँच जना भने मधुवन नगरपालिका–३ धनौरा गाउँका स्थानीयको बाधले आक्रमण गर्दा मृत्यु भएको थियो।यी मध्ये दुई जना बालकले बाघको आक्रमणबाट ज्यान गुमाउनु परेको छ।नेपालको सीमावर्ती जंगलमा च्याउँ टिप्न जाँदा उनीहरूलाई बाघ आक्रमण गर्दा ज्यान गएको सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले जानकारी दिए।अघिल्लो साता उक्त क्षेत्रमा सशस्त्र प्रहरीको भग्रैयामा बिओपी स्थापना भएको छ।

भारतको कर्वेट नेशनल पार्कसम्म खाता करिडोर हुँदै निकुञ्जका वन्यजन्तु ओहोर दोहार गर्छन्।उक्त क्षेत्रमा बाघले पहिलो पटक स्थानीयलाई आक्रमण गरेको हो।निकुञ्जमा यस्ता घटना घटेमा तत्काल बाघलाई नियन्त्रण लिने गरिएको बताइएको छ।नेपाल भारतको क्षेत्र वन डिभिजनको मातहतमा पर्ने भएकाले आवश्यक सहयोग मागे मात्रै निकुञ्जले प्राविधिक सहयोग दिनसक्ने व्यवस्था रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्