Logo

नेप्सेद्वारा आइसीएफसी फाइनान्सको शेयरमुल्य समायोजन



काठमाडौं, १९ पुस । आइसीएफसी फाइनान्सको शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज समायोजन गरेको छ । फाइनान्सले प्रस्ताव गरेको १०.५० प्रतिशत शेयर प्रयोजनको लागि मुल्य समायोजन गरेको नेप्सले जनाएको छ ।

बिहीबार कायम भएको कम्पनीको अन्तिम मुल्य २९० रुपैयाँको आधारमा मुल्य समायोजना गरी नेप्सेले २६२ रुपैयाँ मुल्य कायम गरेको हो । कम्पनीले यो वर्ष कर प्रयोजन समेत गरी ४.५० प्रतिशत नगद लाभांश सदने प्रस्ताव गरेको जनाएको छ । लाभांश पारित गर्नलाई पुस २९ गते १७ औं वार्षिक साधारण सभा राखेको छ । उक्त सभा र लाभांश वितरण गर्नको लागि १९ गते नै बुक क्लोज गर्ने भएको हो । पुस १६ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउने भएका छन् ।

हाल ९२ करोड ६५ लाख २ हजार रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ८९ लाख ७५ हजार रुपैयाँको लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्