Logo

प्रभु लाइफको आजबाट शेयर कारोबार सुरु



काठमाडौं, १९ पुस । प्रभु लाइफ इन्स्योरेन्सको आजबाट शेयर कारोबार सुरु भएको छ । कारोबारको पहिलो दिनमा कम्पनीको शेयर खरिदकर्ताको चाप रहेको जनाएको छ ।

अहिलेसम्म नेप्सेको मार्केट डेप्थमा १४ लाख ५९ हजार कित्ता शेयर खरिद अर्डर देखिएको छ । कम्पनीको शेयर कारोबार तल्लो रेञ्ज नजिकबाट खुलेको हो । कम्पनीको पुस २७ गतेसम्म नेप्सेमा २ करोड कित्ता साधारण शेयर सुचिकरण भएको थियो । पहिलो कारोबारको लागि कम्पनीले १०९ रुपैयाँ ५६ पैसा देखि ३२८ रुपैयाँ ६८ पैसा सम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्