Logo

ग्लोबल आइएमई बैंक १४ औं वर्षमा प्रवेश



काठमाडौं, १९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड पुस १८ गतेबाट १४ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखाको हिसाबले ठुलो बैंक बनेको जनाएको छ ।

हाल चुक्तापुँजी करिब १९ अर्ब रुपैयाँ र संचित कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँ भन्दा धेरै पुग्नेछ । हालसम्म संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्राउदै देशको अर्थ व्यवस्थामा महत्वपुर्ण योगदान पु¥याउदै आइरहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्