Logo

एक्सेल डेभलपमेन्ट बैंकको सस्थापक शेयर आजबाट लिलामीमा



काठमाडौं, १९ पुस । एक्सेल डेभलपमेन्ट बैंकले आजबाट शेयर लिलामीमा ल्याएको छ । बैंकले ३ स्वामित्वमा रहेका कम्पनीहरुको १ लाख ४५ हजार ३१९ कित्ता सस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको जनाएको छ ।

आरएमडीसी लघुवित्तको २२ हजार ३७० कित्ता, युनाइटेड इन्स्योरेन्सको ९६ हजार ६४९ कित्ता र ग्रामिण विकास लघुवित्तको २६ हजार ३ सय कित्ता सस्थाापक शेयर लिलामीमा बैंकले बिक्रि खुला गरेको हो ।

युनाइटेडको २४१ रुपैयाँ, ग्रामिणको २६९ रुपैयाँ र आरएमडीको न्युनतम मुल्य प्रतिकित्ता ४८५ रुपैयाँ तोकिएको छ भने लगानी गर्न इच्छुकहरुले माघ ४ गतेसम्म बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । शेयरमा लगानी गर्न चाहानेले प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय विर्तामोड झापाबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्