Logo

पेरिसडाँडामा माधव नेपालको अध्यक्षतामा नेकपा प्रचण्ड समूहको बैठक



काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहको बैठक पेरिसडाँडामा जारी छ । बैठक पहिलोपटक माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकाले नेपालले बैठकको अध्यक्षता गरेका हुन् । आजको बैठकमा हिजो बसेको स्थायी कमिटीले गरेका निर्णयबारे थप छलफल भइरहेको छ ।

नेकपाभित्र कार्यविभाजनका लागि माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । यसले पाँच दिनभित्र प्रस्ताव तयार गर्ने जिम्मा पाएको छ । जिम्मेवारी बाँडफाँडका अलावा आन्दोलनको कार्यक्रम अगाडि बढाउने बारे बैठक केन्द्रित भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्