Logo

ज्योति विकास बैंकको साधारणसभा भर्चुअल माध्यमबाट माघ १४ गते हुने



काठमाडौ, २० पुस । ज्योति विकास बैंकले माघ १४ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस १९ गते सञ्चालक समितिको बसेको बैठकले १३ औं वार्षिक सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे गर्ने निर्णय गरेको जनाएको छ ।

बैंकले सभा भर्चुअल माध्यमबाट हुने भएकोले सहभागी हुन चाहाने शेयरधनीहरुलाई मिटिङ्ग आइडी र पासकोर्ड उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर सभाले पारित गरी पुस २९ गते बाट माघ १४ गतेसम्म बुक क्लोल गर्ने निर्णय गरेको छ ।

नेप्सेमा पुस २८ गतेसम्म कारोबार भएका शेयर रजिष्टर एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी किताबमा कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र बोनस प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सभाले बैंक तथा वित्तिय सस्थासँग मर्जर गर्ने सन्दर्भमा पनि आवश्यक काम गर्नेे अख्तियारी पनि सञ्चालक समितिलाई दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्