एजेन्सी, २० पुस । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा भारतको अस्थायी सदस्यताको अवधि सुरु भएको छ । भारत बाहेक नर्वे, केन्या, आयरल्यान्ड र मेक्सिको पनि सुरक्षा परिषदको अस्थायी सदस्य भएका छन् ।
यो कार्यकाल आजै विशेष समारोहकाबीच सुरु हुने छ । यूएनका लागि भारतका स्थायी प्रतिनिधि टीएस त्रिमूर्तिले भारतले यूएनको सुधारका लागि जोड दिने बताएका छन् । उनले मानवलाई जोड दिने विषयमा आफु केन्द्रीत हुने बताएका छन् । भारतले आतंकवाद र यसका प्रायोजकहरुबिरुद्ध अभियाननै चलाउने पनि उनले बताएका छन् ।-Photo: Agency