Logo

अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख



काठमाडौं, २० पुस । चितवनको भरतपुरमा निमार्णधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ललितपुरको अल्का अस्पताल प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ । अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले रंगशाला निमार्णाधिन स्थलमा पुगेर धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए । धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो ।

‘यस अघि पनि सिताराम कट्टेल धुर्मुसले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले भने, ’रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ । ’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने फाउन्डेशनले जनाएको छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।



प्रतिक्रिया दिनुहोस्