Logo

बैंक अफ काठमाडौंका ग्राहकलाई साक्को रिसोर्टमा १० प्रतिशत छुट



काठमाडौं, २० पुस । बैंक अफ काठमाण्डु र साक्को रिसोर्टबीच एक ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले साक्को रिसोर्टमा डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

उक्त सम्झौता पत्रमा शाखा कार्यालय साँखुका प्रबन्धक श्री बैकुण्ठ कुमार सैजुन्यु र साक्को रिसोर्टका प्रमुख श्री श्रीबन्त लाल श्रेष्ठज्युले हस्ताक्षर गरेका थिए ।

रिसोर्टले साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । त्यस्तै बैक अफा काठमाडौंको पनि देशभर ९१ शाखा, ७८ एटिएम र १० एक्टेन्सन काउन्टर रहेका छन् । लाखौ ग्राहकहरुलाई बैंकले सेवा सुविधा दिदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्