Logo

नारायणी डेभलपमेन्ट बैंकलाई धितोपत्रले दियो शेयर निष्काशन गर्ने अनुमति



काठमाडौं, २१ पुस । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई धितोपत्रले शेयर निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई १०० प्रतिशत शेयर निष्काशन गर्ने अनुमति दिएको हो । बैंकले ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर बिक्रि गर्न अनुमति पाएको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । १०० प्रतिशत हकप्रद निष्काशनपछि १३ करोड १२ लाख ३४ हजार रुपैयाँ चुक्तापुँजी पुग्ने बैकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्