Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ निष्काशन गर्दै, माघ २ गतेबाट आवेदन दिनसक्ने



काठमाडौं, २१ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्मकै ठुलो ८ अर्ब बराबरको आईपीओ निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । यो नेपालको इतिहासकै ठुलो आईपीओ हो ।

बैंकले चुक्तापुँजी २० अर्बको ४० प्रतिशतले हुने ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ सय मुल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि शेयर बाँडफाँट गर्ने भएको छ । ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

बैंकको उक्त आईपीओमा माघ २ गतेबाट ६ गतेसम्म सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । तोकिएको समयमा आवेदन नपरेमा माघ १६ गतेसम्म समय थप गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका बैंक तथा वित्तिय संस्थाहरु र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकको हाल चुक्तापुँजी १२ अर्ब रुपैयाँ रहेको छ भने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपछि बैंकको चुक्तापुँजी २० अर्ब पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्