Logo

शिखर इन्स्योरेन्सले ३८ प्रतिशत लाभांश वितरण गर्दै



काठमाडौं, २१ पुस । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ३६.१ प्रतिशत बोनस शेयर र १.९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।

चुक्तापुँजी १ अब ५ करोड ७३ लाख १० हजार रुपैयाँको आधारमा पुस ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार लाभांश वितरण गर्न लागेको बैंकले जनाएको छ । बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित गरी लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको छ ।

चालु आवको ३० प्रतिशत हकप्रद शेयर बिक्रि गरी अहिले १ अर्ब ३७ करोड ४५ लाख २ हजार रुपैयाँ कम्पनीको चुक्तापुँजी पुगेको छ । उक्त पुँजीको आधारमा २७.७७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश गरी कम्पनीले कुल २९.२३ प्रतिशत हुने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्