काठमाडौ, २१ पौष । उपत्यकामा आज मंङगलबार अहिलेसम्मकै सबैभन्दा धेरै वायु प्रदूषण भएको छ । प्रदूषणले भिजिविलिटी कम भएको छ । यसले स्वास्थ्यमा समेत खतरा हुनसक्ने भन्दै अत्यावश्यकबाहेकको अवस्थामा घर बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ ।
बिनाकाम कोही कसैले पनि जथाभावी बाहिर ननिस्कन आग्रह गर्दै वन तथा बातावरण मन्त्रालयले शर्तकता अपनाउन भनेको छ । वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि आज विमानस्थलमा समेत प्रभाव परेको छ । भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गर्नु परेको थियो । २० मिनेट विमानहरु आकाशमै होल्ड भएका थिए । पाँचवटा उडान प्रभावित भएका थिए ।