Logo

दीपिका पादुकोणको आज ३५ औं जन्मदिन



एजेन्सी, २१ पुस । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले आज ३५ औ जन्मदिन मनाइरहेकी छिन् । दीपिका पादुकोण बलिउडमा प्रवेश गर्नुअघि मोडलिंंगमा ब्यस्त थिइन् । उनी पहिले नै ठुला–ठुला कम्पनीका विज्ञापनमा पनि देखिएकी थिइन् । बलिउडमा ‘ओम शान्ति ओम’ फिल्म मार्फत २००७ मा बलिउड डेब्यु गरेकी थिइन् । अहिले दीपिका करौडौ मानिसहरुको दिलको धड्कन बनेकी छिन् ।

दीपिकाको जन्म डेनमार्कको कोपेनहगनमा भएको थियो । उनी जन्मेको १ वर्ष नपुग्दै उनको परिवार बेंगलुरु शिफ्ट भएका थिए । उनका पिता ब्याडमिन्टनका खेलाडी थिए । त्यसकारण उनी पनि खेलाडी बन्न चाहान्थिन् । २००६ मा उनी किंगफिशर क्यालेन्डरको एक हिस्सा बनिन् । दीपिकाले बलिउडमा पाइला टेक्नुभन्दा पहिला टालिउडमा कदम राखेकी थिइन् ।

‘कन्नड’ फिल्ममा काम गरिन् र उनी सफल पनि भइन् । बलिउडकी मस्तानी दीपिकाले २००७ मा शाहरुख खानको साथमा ओम शान्ति ओमबाट बलिउडबाट करियरको सुरुवात गरिन् । उनले यस फिल्मबाट बेस्ट फिमेल अवार्ड पनि प्राप्त गरिन् । उनी २००८ मा बचना ए हसिनाको सुर्टिङबाट रणवीर कपुरसँग नजिक भइन् र केही वर्ष अफेयरमा बसे । उनीहरुको प्रेमसम्बन्धको समयमा दीपिकाको आरके ट्याटुको धेरै चर्चा भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्