Logo

नारायणी डेभलपमेन्ट बैंकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं, २२ पुस । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकपदपश्चात पुनः २०० प्रतिशत शेयर जारी गर्ने भएको छ ।

बोर्डले बैंकलाई भर्खरै मात्र अनुमति दिएको १०० प्रतिशत हकप्रद निष्काशनपछि १३ करोड १२ लाख ३४ हजार ८ सय रुपैयाँ चुक्तापुँजी पुग्ने बैकले जनाएको थियो । त्यही अनुपातमा २०० प्रतिशत पुनः हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।

नेपाल राष्ट्र बैकले न्युनतम चुक्तापु्ँजी ५० करोड रुपैयाँ तोकेपछि आगामी आवको साधारण सभाबाट थप २०० प्रतिशत हकप्रद शेयर जारी गरेको बैंकले जनाएको छ । सभा माघ १६ गते चितवनमा हुने भएकोले सभा र लाभांश वितरणको पुस २९ गते बैंकले बुक क्लोज गर्ने भएको छ । सभाले अन्य बैंकिङ्ग तथा वित्तीय सस्थासँग मर्जर गर्नेको अख्तियारी पनि सञ्चालक समितिलाई दिने भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्