Logo

धितोपत्रले दियो सिंगटी हाइड्रो इनर्जीलाई शेयर निष्काशन गर्ने अनुमति



काठमाडौं, २२ पुस । नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रो इनर्जीलाई ४३ लाख ५० हजार कित्ताको शेयर निष्काशन गर्ने अनुमति दिएको छ । पुस २१ गते कम्पनीलाई शेयर निष्काशन गर्ने अनुमति दिएको बोर्डले जनाएको छ ।

कम्पनीले सर्वसाधारणको लागि हाल कायम भएको पुँजीको ३० प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । निष्काशन भएका शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले १४ लाख ५० हजार कित्ता र अन्य सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्रि गरिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनको लागि भाद्र महिनामा कम्पनीमा बोर्डमा आवेदन दिएको थियो । दोलखाको सिंगटी खोलामा २५ मेगावट क्षमता भएको उक्त हाइड्रोपावर आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्