काठमाडौं, २३ पुस । भोली ५ कम्पनीका साधारण सभा हुने भएका छन् । शुक्रबार सभा हुने कम्पनीहरुमा स्टयाण्डर्ड चार्टड बैंक, सनराइज बैंक, आरएसडिसी लघुवित्त बित्तीय सस्था, चिलिमे जलविद्युत र महिला लघुवित्त वित्तीय सस्था रहेका छन् ।
सनराइज बैंकले अम्रपाली ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे सभा हुने भएको छ । ५.८ प्रतिशत बोनस शेयर २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले गर्ने जनाएको छ ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले एभरेष्ट होटल नयाँ बानेश्वरमा १२ः१५ मा सभा बोलाएको छ । उक्त सभाले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तात पारित गर्नेछ र लाभांश पुस ८ गते सम्म कायम भएका शेयरधनीले मात्र पाउने बैंकले जनाएको छ ।
आरएसडिसी लघुवित्त वित्तीय सस्थाले बुटवलको एशियन होटलमा बिहान ९ बजे सभा बोलाएको छ । ९.प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने भएको छ ।
यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको काभ्रेस्थित केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा हुने भएको छ । सभाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । चिलिमे जलविद्युत कम्पनीको साधारण सभा धुम्रबाराहीमा हुने भएको छ । सभाले आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारितगर्ने कम्पनीले जनाएको छ ।