Logo

शनिबार पनि राजस्व संकलन गर्ने काउन्टर खोल्न बैंकहरुलाई निर्देशन



काठमाडौँ, २४ पुस: नेपाल राष्ट्र बैंकले भोलि, शनिबार नेपाल राष्ट्र बैंक लगायत पनि राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कार्यालय खोल्न निर्देशन दिएको छ।

केन्द्रिय बैंकले एक सूचना जारी गर्दै पुसको अन्तिम शनिबार राजस्व संकलन गर्ने तथा बैंकको क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुल्ला गर्ने निर्णय भएको जनाएको छ।

बैंकले उक्त दिन पूर्णकालिन रुपमा कारोबार सञ्चालन गरी राजस्व बुझ्ने व्यवस्था गर्न भनेको छ।

-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्