काठमाडौं, २४ पौष । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन् ।
धनगढीमा उनलाई स्वागत गर्न आपूर्तिमन्त्री लेखराज भट्टलगायत पुगेका थिए । तर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्ट पुगेनन् ।
धनगढीको सभाको तयारीका लागि सरकारका चारमन्त्री यसअघि नै पुगिसकेका थिए । सुदूरपश्चिम प्रदेशका नेकपा ओली समूहका इञ्चार्ज लेखराज भट्ट निकै सक्रिय थिए । ओली समूहले भीम रावललाई इञ्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी दिएको थियो ।
पार्टी विभाजनपछि ओली पहिलोपटक काठमाडौं बाहिरको सभालाई सम्बोधन गर्न पुगेका हुन् । यसप्रति सबैको चासो रहेको छ ।-फाइल तस्बिर