काठमाडौं, २४ पुस । संसद विघटनको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । आज (शुक्रबार) विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । सरकारको उक्त निर्णयविरुद्ध दर्जनभन्दा बढी सर्वोच्चमा रिट परेको छ । संसद विघटनको सम्पूर्ण राजनीतिक दल र उनीहरुका भातृसंगठनले विरोध प्रदर्शन गर्दै आएका छन् ।Photo: DrishtiNews